अहिलेका


जसपाले पनि टुंग्यायो मन्त्रीको नाम, आजै सपथ ग्रहण

जनकपुरधाम, २२ असोज ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले मन्त्रीहरुको नाम टुंगो लगाएसँगै आज संघीय सरकारले पूर्णता पाउदैँछ ।

गठबन्धनको बैठक पछि जसपा नेताहरूबीच मन्त्रिमण्डलमा पठाउनेको नाममा अनौपचारिक सहमति भएकोले सरकारले पनि आज पूर्णता पाउने जसपा नेता डा. बाबुराम भट्टराईले जानकारी दिए ।

जसपाको बैठकले मन्त्रीहरूको नाम करिब करिब टुंगो लगाएको छ । डा. भट्टराईले अनौपचारिक सहमति भएको छ,दिउँसो ४ बजे आसपास शपथ हुने बताए । उनले भने –अहिले मन्त्रीहरुको नाम खुलासा नगरौं । जसपाले पाउने मन्त्रालयको टुंगो भने लागेको छैन ।
जसपा अध्यक्ष डा. भट्टराईले आज सरकारले पूर्णता पाउने बताउदैँ उनले भने–हामी त्यसमा सहभागी हुन्छौं ।’

जसपा कार्यकारिणी समितिको बैठकले मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो ।

जसपा स्रोत अनुसार मन्त्रीहरुमा राजेन्द्र श्रेष्ठ (सँघीय मामिला,सामान्य प्रशासन तथा स्थानीय विकास), रामसहायप्रसाद यादव,रेणु यादव र प्रमोद साहको नाम आएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!