अहिलेका


जसपा प्रदेश परिषद मंसिर ५ पछि मात्र

जनकपुरधाम, ३ मंसिर ।
जनता समाजवादी पार्टी(जसपा) नेपालको मधेस प्रदेश परिषद् गठनमा ढिलाइ हुने भएको छ ।

पार्टीभित्र उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच कित्ताकाट हुने बेलामा तत्कालीन राष्ट्रिय जनता दल (राजपा) नेपालबाट आएका नेताकार्यकर्ताको समायोजन गर्न थप गृहकार्य गनुपर्ने भएकाले परिषद् गठनमा ढिलाइ भइरहेको बताइएको छ ।

मधेस प्रदेश समिति अध्यक्ष विजयकुमार यादवले बुधबार एकदुई दिनभित्र परिषद्का अध्यक्ष, अन्य पदाधिकारी एवम् सदस्यहरूको नामावली घोषणा गरिने बताएका थिए ।
स्रोतका अनुसार दुई सय पाँच सदस्यीय परिषद्का पदाधिकारी एवम् सदस्य छनोट गर्ने अधिकार पाएका विजयले पत्रकार सम्मेलनमार्फत बिहीबार बिहान नामावली सार्वजनिक गर्ने कार्यक्रम राखेका थिए ।

तर, जसपा सुप्रिमो उपेन्द्र यादवले मंसिर ५ गते काठमाडौंमा हुने पार्टी केन्द्रीय कार्यकारिणी बैठकपछि मात्र मधेस प्रदेश परिषद्का पदाधिकारी र सदस्यका नाम सार्वजनिक गर्न भनिएपछि परिषद् गठन टरेको हो ।

परिषद् अध्यक्षका लागि दसजना नेताले आफ्नो औपचारिक दाबी पेस गरेका छन् । ती दसमध्येबाटै एकलाई छनोट गर्नुपर्ने अधिकारप्राप्त अध्यक्ष विजयको बाध्यता छ ।

अध्यक्ष पदमा बालकिशोर यादव, ज्ञानेन्द्रकुमार यादव, रामबाबु यादवलगायतका नेतामध्ये कोही एक चयन हुने अड्कल गरिँदैछ ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!