अहिलेका


जसपा मधेस समिति बैठकमा ‘एक व्यक्ति, एक पद’ को बहस हुँदै

जनकपुरधाम, १० असोज ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित बाबाको ढावामा जारी जनता समाजवादी पार्टी(जसपा) नेपालको मधेस समिति बैठकमा पार्टीभित्र एक व्यक्ति, एक पदको विषयमा घनीभूत छलफल भइरहेको छ ।

पार्टी संगठन सुदृढीकरण र जनजारण अभियान(सुज) को समीक्षा गर्नेक्रममा बैठकका सहभागीहरूले एक व्यक्ति, एक पदको विषय प्रवेश गराएका हुन् ।

एउटै व्यक्ति धेरैवटा पद ओगटेर बस्दा कुनै काम पनि पूर्ण तथा प्रभावकारी हुन नसकेको र धेरै पदाधिकार भएकाहरूमा अहंकार भाव उत्पन्न भएर पार्टी संगठनलाई क्षति पुग्ने गरेको अनुभव साझा गर्दै बैठकका सहभागीहरूले एक व्यक्ति, एक पदको अवधारणाअनुरूप अघि बढ्नुपर्नेमा जोड दिइरहेका छन् ।

सरकारमा सहभागी हुनेले संगठन हाँक्न खोज्दा दुर्घटना हुने खतरा रहने र संगठनमा काम गर्नेहरू सरकारमा सहभागी हुँदा संगठन कमजोर हुने हुँदा एक व्यक्ति, एक पदको अवधारणा ठिक रहेको उनीहरूको भनाइ छ ।

सरकारमा सहभागी हुनेले संगठन हाँक्न खोज्दा दुर्घटना हुने खतरा रहने र संगठनमा काम गर्नेहरू सरकारमा सहभागी हुँदा संगठन कमजोर हुने हुँदा एक व्यक्ति, एक पदको अवधारणा ठिक रहेको उनीहरूको भनाइ छ ।

सरकारमा संगठनको नियन्त्रण र दुवैबीच सन्तुलन कायम गर्न पनि एक व्यक्ति, एक पदका विषयमा बैठकमा छलफल भइरहे पनि टुंगो लाग्न सकेको छैन ।
योे विषय टुंगो लागेपछि बैठक समिति समायोजन, पुनर्गठन तथा विस्तारसम्बन्धी प्रस्तावमा छलफल हुने जनाइएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!