अहिलेका


जसपा समायोजनका लागि सल्लाह सुझाव समिति गठन, मंगलबार केन्द्रिय सदस्यहरुको बैठकबाट टुंगो लगाइने निर्णय

जनकपुरधाम, असोज १० ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस समिति बैठकबाट नयाँ मोडालिटी अनुसार पार्टी संगठन समायोजन हुने भएको छ । यही मंगलबार बस्ने प्रदेश समितिका केन्द्रिय सदस्यहरुको बैठकबाट अनुमोदन गरिने केन्द्रिय सदस्य ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

आइतबार जनकपुधराममा पार्टी संगठन सुदृ

ढीकरण र जनजारण अभियान अन्तर्गत समीक्षा गर्नेक्रममा बैठकका सहभागी नेताहरूले एक व्यक्ति, एक पदको अवधारणामाथि समेत गहन छलफल उनले बताए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको वैठकमा तत्कालिन राजपा र तत्कालिन समाजवादी पार्टीका नेता तथा कार्यकर्ताको समायोजन, नयाँ तथा पूराना नेता तथा कार्यकर्ताको व्यवस्थापन र संगठन मोडालिटी बारे व्यापक छलफल भएको छ ।

पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री यादवले अहिले जसपाभित्र एकै व्यक्ति संगठनको महत्वपूर्ण पदहरु एकै व्यक्तिले ओगटेर बस्दा कुनै पनि काम प्रभावकारी ढंगले निर्वाह गर्न नसकिरहेको अवस्थामा एक व्यक्ति एक पदको अवधारणा ल्याइएको बताए ।

केन्द्रिय सदस्य ज्ञानेन्द्रकुमार यादवले समायोजनका लागि नयाँ मोडालिटी तयार पारी ७ सदस्यीय सल्लाह सुझाव समिति गठन गरिएको र सो समितिले प्रदेश अध्यक्षलाई बुझाउने छ ।

उनले सो तयार पारिएको प्रतिवेदन पर्सि मंगलबार हुने प्रदेश २ का केन्द्रिय सदस्य समितिको वैठकमा पेस हुने र सोको अनुमोदन गरिने छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!