अहिलेका


जानकीलीला अयोध्या जाँदै, मन्त्री रामसरोजले दिए शुभकामना

जनकपुरधाम, १३ कात्तिक ।
नाटक, गीतसङ्गीत, लोकसँस्कृतिका क्षेत्रमा चर्चित संस्था मिथिला नाट्यकला परिषद्(मिनाप) को टोली माता जानकीको गाथा प्रदर्शन गर्न भोलि आइतबार भारतको अयोध्यातर्फ प्रस्थान गर्दैछ ।

संघीय भारतको उत्तरप्रदेश सरकारद्वारा राम जन्मस्थल अयोध्यामा आयोजित दीपोत्सवका अवसरमा नेपालबाट मिनाप ‘जानकीलीला’ प्रदर्शन गर्न त्यसतर्फ जान लागेको हो ।

दीपोत्सवमा पाँचदेशका टोलीमध्ये नेपालको मिनापले मात्र जानकीलीला प्रदर्शन गर्नेछ । अरू देशका टोलीले रामगाथा अर्थात् रामलीला प्रदर्शन गर्नेछन् ।

अयोध्या प्रस्थान गर्ने अघिल्लो दिन प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले मिनाप टोलीलाई शुभकामना दिएका छन् । मिनापको जनकपुरधामस्थित नाट्यशालामा पुगेर मन्त्री यादवले मिनापलाई देश र प्रदेशमा मात्र नभएर दक्षिणपूर्वी एसियाको उत्कृष्ट टोली भएको टिप्पणी गरे ।

जानकीलीला मिथिलाका पारम्परिक बाद्ययन्त्र, लोकधुन, लोकगीत र सङ्गीतको अद्भूत संयोजन भएको सँस्कृतिविज्ञ श्यामसुन्दर शशिले बताए ।

उनले अयोध्यामा आयोजित कार्यक्रममा अन्य देशका टोलीले रेकर्डडेड गीतसङ्गीतमा आधारित कार्यक्रम गरे पनि मिनापले भने प्र्त्यक्ष गीतसङ्गीतको कार्यक्रम गर्ने जानकारी दिए ।
जानकीलीलामा लोपोन्मुख वाद्ययन्त्र नङ्गारा र डोलसीको प्रयोग हुनेछन् ।

जानकीलीलाको परिकल्पना संस्सकृतिविज्ञ शशिको छ भने निर्देशन परमेश झाले गर्नेछन् ।

गीतसङ्गीतकैे कारण महत्वपूर्ण मानिएको यो लीलामा सङ्गीत भने मिथिलाञ्चलका कालजयी सङ्गीतकार सुनिल मल्लिकले दिएका छन् । गीतहरू लोकपरम्पराका छन् ।
गीतसङ्गीततर्फ ललित कामत, संगीता देव आदिको योगदान रहने जनाइएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!