अहिलेका


जितिया पर्वमा बुधबार महिलालाई सार्वजनिक विदा

जनकपुरधाम, ११ असोज ।

प्रदेश २ सरकारले बुधबार महिलाहरुका लागि सार्वजनिक विदाको घोषणा गरेको छ ।
प्रदेश २ मा निष्ठाको कठोर पर्व रुपमा रहेको जितियाको अवसरमा बुधबार महिलाहरुलाई प्रदेश सरकारले विशेष सार्वजनिक विदा घोषणा गरेको हो ।
पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु धर्मावलम्बीहरुले मनाउने कठोर ब्रत जितियाको अवसरमा सम्पूर्ण ब्रतालु महिलाहरुमा मुख्यमन्त्री लालबाबु राउतले शुभकामना समेत व्यक्त गरेका छन् ।

सन्तान प्रतिको आमाको स्नेह झल्काउने यस महापर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम समेत प्रदेश सरकारले गरेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!