अहिलेका


जितेन्द्र सोनलद्वारा दशहराको शुभकामना

जनकपुरधाम, २९ असोज ।

प्रदेश २ का प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जितेन्द्र सोनलले दशहराको अवसरमा शुभकामना दिएका छन् ।

विजया दशमीको अवसरमा संसदीय दलका नेता सोनलले शुभकामना सन्देश जारी गर्दै दानवतामाथि मानवताको विजय भएको र असत्यमाथि सत्य तथा अन्यायमाथि न्यायको जित भएको दिन आज रहेकाले यसलाई महान दिनको रुपमा उनले लिएका छन् ।

उनले असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, असुर वृत्ति दानवतामाथि मानवताको विजय भएको महान दिन विजय दशमी शुभ दशहराको शुभकामना दिएका हुन् ।

संसदीय दलका नेता सोनलद्वारा हस्ताक्षरित जारी गरिएको शुभकामना सन्देशमा – सत्यको जित भएको महान दिनको रुपमा रहेका शुभ दशहराको शुभ अवसरमा शुभसबै श्रेष्ठ, जन, प्रिय भाई–बन्धु, ईष्ट–मित्रलगायत सम्पूर्ण आदरणीय जन समुदायमा हार्दिक मंगलमय शुभकामना उल्लेख छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!