अहिलेका


जिल्ला अदालतले दिएको जन्मकैदको फैसलालाई उल्ट्याउदैँ उच्च अदालतले घटायो

जनकपुरधाम, १८ असोज ।

मिथिला राज्यको माग गर्दै जनकपुरमा आन्दोलन गरिरहेकाहरुलाई लक्षित गर्दै बम विस्फोटन गराएका अभियूक्त संजय साहलाई उच्च अदालतले सात वर्षको सजाय फैसला गरेको छ ।
उच्च अदालत जनकपुरले धनुषा जिल्ला अदालतको जन्मकैद सजायको फैसलालाई उल्ट्याउदैँ सात वर्षको फैसला गरेको हो ।

धनुषा अदालतको फैसलाविरुद्ध अभियुक्त साहले उच्च अदालत जनकपुरमा दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासले ७ वर्ष सजायको फैसला गरेको हो ।

उच्च अदालतका राजिष्ट्रार खड्कराज अधिकारीले उनीमाथि सात वर्षको सजाय हुने फैसला भएको जानकारी दिए । अभियूक्त साहमाथि रहेको अर्को कर्तव्य ज्यान मुद्दामा षडयन्त्र गरेर घटना गराएको अभियोगमा कसुरदार ठहर गरिएको छ । तर सो मुद्दामा फैसला आइसकेको छैन । यो मुद्दामा अगामी कार्तिक १५ मा बहस हुने रजिष्ट्रार अधिकारीले बताए ।

०६९ साल वैशाख १८ मा मिथिला राज्यको माग गर्दै जनकपुरधाम स्थित पुर्व–पश्चिम राजमार्ग अवस्थित रामानन्द चोकमा धर्नामा बसिरहेका आन्दोलनकारीलाई लक्षित गरी मोटरसाइकलमा टाइमबम विष्फोट गराएको थियो । सो बम बिष्फोटनमा परि पाँच जनाको ज्यान गएको थियो भने ३३ जना घाइते भएका थिए ।

सो घटनाको मुख्य योजनाकारको अभियोगमा साहलाई जन्मकैदको फैसला धनुषा जिल्ला अदालतले दिएको थियो ।

त्यस्तै अभियुक्त साहलाई जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्यामा समेत संलग्न रहेको भन्दै धनुषा जिल्ला अदालतले जन्मकैद सजायको फैसला सुनाएको थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!