सिरहा, ३० असोज ।
झिझिया हेर्न गएका यूवक मृत अवस्थामा फेला परेका छन् ।
सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ८ स्थित इनारमा डुबेको अवस्थामा १७ वर्षिय सत्रुधन महतो मृत अवस्थामा फेला परेको हो ।
सिरहाकै नरहा गाउँपालिका वडा नम्बर ३ स्थित नयाँ चोहर्वाको इनारमा डुबेको अवस्थामा शनिबार फेला परेको सिरहा प्रहरीले जनाएको छ ।
दसैंको अवसरमा आयोजित झिझिया नाच हेर्न राती गएका महतो मृत भेटिएको हो । मेलामा राती झगडा हुँदा उनी भाग्न खोज्दा इनारमा झरेको हुन सक्ने स्थानीयवासीको अनुमान छ ।
झिझिया नाच हेर्ने स्थलमा दुई समूह वीच विवाद भएको स्थानीय रामभरोस यादवले जानकारी दिए ।
शव इनारबाट निकालेर पोष्टमार्टमका लागि सिरहा अस्पताल लगिने र यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सिरहा प्रहरीले जनाएको छ ।
