सप्तरी, २१ कात्तिक ।
सप्तरीको कंचनरूप नगरपालिका–५ पिपरापूर्वमा नेताकार्यकर्ताहरूले विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टी(जसपा) नेपालमा प्रवेश गरेका छन् ।
प्रदेशभरि नै पार्टी छाड्ने र पार्टी प्रवेश गर्ने लहर चलेका बेला प्रदेश २ का सामाजिक विकास मन्त्री एवम् जसपा नेता नवलकिशोर साहले नवप्रवेशीहरूलाई आइतबार माला र अबिर लगाई पार्टीमा भित्र्याएका छन् ।

पार्टी प्रवेश गर्नेहरूमा नेपाली काँग्रेसवाट राम मुखिया, उर्मिला देवी साह, राप्रपाबाट सरिता ठाकुर, माओवादीबाट टिकेश्वर सरदार, बिबि फतमा र योगेन्द्र पण्डितलगायत जसपा प्रवेश गरेका छन् ।
कार्यक्रममा जसपा केन्द्रीय सदस्य कल्पना चौधरी, जसपा नेता विकास तिवारी, जसपा कंचनरूप नगर सचिव चितरन्जन यादव, नगर उपाध्यक्ष कल्पना चौधरीलगायतको उपस्थिति थियोे ।
