जनकपुरधाम, १ पुस ।
धनुषाको ढल्केवरमा भव्यता साथ दोस्रो औद्योगिक व्यापार मेला महोत्सव जारी छ ।
यस महोत्सवमा शनिबार नेपाली पप गायक तथा ¥यापर समीर धिसिङ्ग (भिटेन) आउने भएपछि यहाँका दर्शक निकै उत्साहित छन् ।
आधुनिक पप गायन क्षेत्रका उम्दा गायक भिटेनलाई हेर्न र उनको प्रस्तुत गीत प्रत्यक्ष सुन्न पाउने भएपछि यहाँका स्थानीय दर्शक निकै उत्साहित छन् ।
¥यापर भिटेन महोत्सवमा आफ्नो प्रस्तुती देखाउन ढल्केवर आउन लागेको आयोजक थुप्तेन युवा क्लवका अध्यक्ष धावा लामाले जानकारी दिए ।
महोत्सवमा गायक भिटेनले आधा दर्जन गीत प्रस्तुत गर्ने छन् ।
ढल्केवर महोत्सवमा अहिलेका चर्चित ¥यापर भिटेन आउने खबरले यहाँका दर्शक उत्साहित देखिएको अध्यक्ष लामाले बताए ।
उनले भिटेनको प्रस्तुतीको क्रममा दर्शकको बढ्दो उपस्थितिलाई ध्यानमा राख्दै नियमितभन्दा ५० जना थप नीजि सुरक्षा व्यवस्था कडा बनाइने छ ।
पुस ४ सम्म चल्ने औधोगिक व्यापार मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनीमा राखिएको छ ।
धार्मिक, पर्यटकीयस्थलको चिनारी, कला, संस्कृति, घरेलु हस्तकला तथा लघु उद्यमका उत्पादित सामग्रीहरु पनि ढल्केवर महोत्सवमा प्रदर्शन गरिएको अध्यक्ष लामाले बताए ।
