अहिलेका


तत्मा समाजको शुभकामना कार्यक्रम सम्पन्न

जनकपुरधाम, २३ असोज ।

जनकपुरधाममा राष्ट्रिय तत्मा समाज नेपालले शुभकामना अदान–प्रदान कार्यक्रम गरेको छ ।

शनिबार जनकपुरधामको वडा नं ७ स्थित राष्ट्रिय तत्मा समाजको मन्दिरमा दसैं, दिपावली तथा छठ पर्वका अवसरमा सो कार्यक्रम गरिएको हो ।

राष्ट्रिय तत्मा समाज नेपालका राष्ट्रिय अध्यक्ष रामअशीष दासको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास रहेका थिए ।

कार्यक्रममा विशिष्ठ अतिथि संस्थाका संस्थापक एवं पूर्वअध्यक्ष पन्चालाल दास, किशोरी दास र अतिथिहरूमा प्रदेश २ का आठवटै जिल्लाका अध्यक्ष र केन्द्रीय सदस्यहरू थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!