अहिलेका


तीन जना सवार मोटरसाइकल अनियन्त्रित हुँदा दुईको मृत्यू

जनकपुरधाम, ३१ असोज ।

तीनजना सवार रहेका मोटरसाइकल अनियन्त्रित हुँदा दुई जनाको मृत्यू भएको छ भने एक घाइते भएका छन् ।

धनुषाको गणेशमान चारनाथ जुडीस्थितमा शनिबार तिव्रगतिमा रहेको बा.४८.प ५५२२ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा रुखमा ठोक्किदा दुईको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका– १ का २७ वर्षीय दीपलाल महरा र सोही ठाउँका २१ वर्षीय हरिचन महरा रहेको जिप्रका धनुषाले जानकारी दिएको छ ।

त्यस्तै मोटरसाइकलमा सवार रहेका लालबाबु पासवान गम्भिर घाइते छन् । उनको उपचार जनकपुरधाम स्थित अस्पतालमा भईरहेको जनाइएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!