अहिलेका


तीन दिनमा चार सय मोतिबिन्दुका रोगीको शल्यक्रिया

ढल्केवर, ३ मंसिर ।
धनुषाको ढल्केवरस्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालले मोतिबिन्दुका चार सय रोगाीको निःशुल्क शल्यक्रिया गरेको छ ।

अस्पतालले मंसिर १ देखि ३ गतेसम्म सञ्चालन गरेकोे निःशुल्क शल्यक्रिया शिविरमा मोतिबिन्दुका रोगीको शल्यक्रिया गरिएको हो ।

शल्यक्रिया शिविर सञ्चालन गर्नुअघि अस्पतालका स्वास्थ्यकर्मी टोलीले कात्तिक महिनामा क्षीरेश्वरनाथ र मिथिला नगरपालिकाका विभिन्न १२ स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो ।

ती शिविरमा करिब दुई हजार चार सयको आँखा परीक्षण र उपचार गरिएकामा आठ सय जनामा मोतिबिन्दुको रोग देखिएको थियो ।

त्यसबेला मोतिबिन्दु पत्ता लागेका बिरामीमध्ये चार सयको तीन दिनसम्म शल्यक्रिया गरिएको दृष्टिरोग विशेषज्ञ सुभाषचन्द्र यादवले जानकारी दिए ।

उनले शिविरमा आउने सबैको शल्यक्रिया गरिने बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!