जनकपुरधाम, २३ कात्तिक ।
नेपाल सरकारले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश फेरिएको छ ।
प्रदेश १ को प्रमुखमा पर्शुराम खापुंग, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई नियुक्त गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
सोमबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले तीन जनालाई प्रदेश प्रमुखमा नियुक्त गर्नका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
अहिले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख रहेका गंगाप्रसाद यादवलाई खड्गप्रसाद ओली सरकारले ०७८ वैशाखमा प्रदेश प्रमुखका रुपमा पठाएको थियो ।
त्यसअघि २०७४ माघ ३ मा तत्कालीन शेरबहादुर देउवा सरकारले सुदूरपश्चिम प्रदेश प्रमुखमा मोहनराज मल्ललाई नियुक्त गरेको थियो ।
तर २०७६ कात्तिकमा तत्कालीन ओली सरकारले मल्ललाई पदमुक्त गरेर शर्मिला त्रिपाठीलाई नियुक्त गरेको थियो । ओली सरकारले नै ०७८ वैशाखमा त्रिपाठीलाई पदमुक्त गरेको थियो ।
