अहिलेका


त्रिभुवन विमानस्थलमा दुई किलो सुनसहित चौधरी र सहनी पक्राउ

जनकपुरधाम, ३ मंसिर ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाका सीताराम चौधरी र सरोज सहनी विमानस्थलबाट बाहिरिएर पार्किङ क्षेत्रबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवैजना वैदेशिक रोजगारीबाट फर्किनेक्रममा नेपाल एयरलाइन्सको विमानमा सवार भई दुबईबाट आएका थिए ।

सुन भित्रिन लागेको पूर्वसूचनाका आधारमा विमानस्थलमा खटिएको प्रहरीले जहाज अवतरण अघिबाटै निगरानीमा बढाएको थियो । प्रहरीका अनुसार दुवैजनाले लेदो बनाएर कट्टुमा बाँधेर सुन भित्र्याएका थिए ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार पक्राउ परेका दुईजनाले एक–एक प्याकेट बनाएर कट्टुमा बाँधेर उक्त सामान भित्र्याएका थिए ।

उनले कट्टुभित्र बाँधेर ल्याएका सुनजस्तो देखिने एक–एक प्याकेट सामान लेदो अवस्थामा भेटिएपछि परीक्षणका लागि पठाइने बताए ।

विमानस्थलको एक्सरे मेसिनको सुरक्षा जाँच नै पार गरेर कसरी सुन भित्रियो भन्नेबारे पनि अनुसन्धान भइरहेको छ ।

 

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!