अहिलेका


थारु नेता लेखी एमालेमा प्रवेश

जनकपुरधाम, १७ असोज ।

लोकतान्त्रिक समाजवादी पार्टी छोडेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन् ।

ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी एमाले विधान महाधिवेशनकै बीचमा लेखीलाई अध्यक्ष ओलीले टीका लगाएर एमाले प्रवेश गराएका हुन् । लेखीसहित ५५ जनाको समूह आईतबार एमाले प्रवेश गरेको हो । लेखीले शुक्रबारमात्रै लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० छोडेको घोषणा गरेका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!