अहिलेका


दरभंगामा एक पुजारीको हत्या, स्थानीयको कुटाइबाट एक आक्रमणकारी मृत्यू, दुईको अवस्था गम्भिर

विहार, २८ असोज ।

भारतको बिहार राज्यस्थित दरभंगामा पुजा गरिरहेका एक पुजारीको हत्या गरेको छ ।

दरभंगा जिल्लाको राज परिसर स्थित कंकाली मन्दिरका मुख्य पुजारी राजीवकुमार झा पुजा गरिरहेको अवस्थामा एक अपराधिक समुहले गोली हानी हत्या गरेको छ ।

आतंक फैलाउन सशस्त्र अपराधीहरुले पूजा गर्न आएका एक व्यक्तिलाई समेत गोली दागेका छन् । उनको अवस्था भने गम्भीर छ ।

कारमा सवार भई आएका ४ जनाको समुहले अन्धाधुन्ध गोली प्रहार गर्दै पुजारीको हत्या गरेको थियो भने एक जना घाइते भएका छन् ।

घटनापछि भएको भागदौँडको क्रममा स्थानीयवासीहरुले तीन आक्रमणकारीहरुलाई पक्राउ गरेको स्थानीय संचारमाध्यमले जनाएको छ ।

स्थानीयहरुले पक्राउ परेका तीन जना आक्रमणकारीलाई लाठीले कुटपीट गरेको थियो । सो क्रममा एक जनाको समेत मृत्यू भएको जनाइएको छ ।

दुईजनाको अवस्था भने गम्भीर छ । तर, सो मध्ये एक जना भाग्न सफल भएको जनाइएको छ । विहार पुलिसले भने यस घटनाको कारण अझैसम्म अनुसन्धान भईरहेको बताएका छन् ।

केही मानिसहरुका अनुसार पुजारीको भतिजाको मोबाइल संगै बुधवार साँझ केही मानिसहरुसंग झगडा भएको जनाइएको छ ।
एसएसपी बाबुरामले घटनाको जानकारी पाए लगत्तै मन्दिर परिसरको निरीक्षण पनि गरे । एसएसपीले घटनामा दुई जनाको मृत्यु र तीन घाइते भएको पुष्टि गरेका छन् ।
उनले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताए । घाइते भक्तजनलाई पारस अस्पताल र दुबै अपराधीहरुलाई डीएमसीएचमा भर्ना गरिएको छ । मृतक र घाइतेहरुको पहिचान हुन बाँकी रहेको जनाइएको छ । उनको प्रहरी हिरासतमा उपचार भइरहेको छ । दुबैको अवस्था गम्भीर छ ।

बुधवार साँझ पुजारीको भतिजसंग झगडा भएको थियो, घटनाको प्रत्यक्षदर्शीहरुबाट प्राप्त जानकारी अनुसार बुधवार साँझ एक अज्ञात व्यक्तिको मोबाइल बारेमा पुजारीको भतीजसंग सामान्य विवाद भएको थियो ।
सो विवादले झगडाको रुपमा लिएपछि आफ्नो भतिज बारे बुझ्न पुजारी त्यहाँ पुगेका थिए । कुटपिटको क्रममा एक व्यक्तिको टाउकोमा चोट लागेको थियो ।
स्थानीयवासीको भनाई अनुसार बिहीबार बिहान एकै व्यक्तिसंग आएका तीन अन्य मानिसहरु मन्दिर परिसरमा पुजारीलाई गोली हानेको बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!