जनकपुरधाम, ११ असोज
समयमा दूध पिउँदा स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।
यसमा प्रशस्त मात्रामा क्याल्सियम, फाइबर, भिटामिन, मिनरल्स र प्रोटिन हुन्छ । र मांशपेशीको विकासका लागि पनि दूध राम्रो मानिन्छ ।
आयुर्वेदमा रातको समयमा दूध पिउनुलाई बढी प्राथमिकता दिइएको छ ।
रातिको समयमा सुत्नुपूर्व तातो दूध सेवन गर्दा राम्रो निद्रा आउने र दिनभरको थकान मेटिन्छ ।
विहानको समयमा दूध पिउँदा यसले दिनभर शरीरमा शक्ति पैदा गरिरहन्छ ।
दिउँसो दूध पिउनु बढीजसो वृद्ध–वृद्धालाई फाइदा हुन्छ । यसले दिनभर उनीहरुमा शक्तिको सञ्चार गराइरहन्छ ।
साँझको समयमा दूध पिउँदा यसले आँखालाई पनि राम्रो गर्छ ।
आयुर्वेदका अनुसार खाना खाने र दूध पिउने बीचको समय कम्तिमा १ घण्टाको फरक हुनुपर्छ ।
