अहिलेका


धनुषमा एमालेको नगर अधिवेशन अन्योल

जनकपुरधाम, ९ कात्तिक ।

नेकपा एमालेले निर्धारण गरेको समय अनुसार धनुषामा दुई वटा स्थानीय तहमा मात्रबै पालिका अधिवेशन हुदैँछ ।

धनुषाको जिल्ला १८ वटा स्थानीय तहमध्ये मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा अधिवेशन हुँदैँछ ।

अधिकांश स्थानीय तहको केही वडामा कार्यकर्ता वीच विवाद हुँदा समयमा वडा अधिवेशन हुन सकेको छैन भने केहि वडामा भने पार्टीले समेत गर्न भ्याउन नसक्दा गाह«ो भएको एमाले धनुषका जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

एमाले जनकपुरधाम नगर समितिका अध्यक्ष श्याम पूर्वेले दिएको जानकारी अनुसार जनकपुरधाम उपमहानगरमा २५ वटा वडा मध्ये ८ वटा वडामा वडा अधिवेशन गर्न नभ्याएको बताए । उनले जनकपुरधाम उपमहानगरको केहि वडामा अधिवेशन नहुँदा जनकपुरधामको नगर अधिवेशन हुन नसकेको बताए ।

दुई वटा स्थानीय तह बाहेक अन्य १६ वटा स्थानीय तहको केहि वडामा वडा अधिवेशन नहुँदा पालिकास्तरीय अधिवेशन नै अन्योलमा परेको छ ।

जनकपुरधाम उपमहानगरकै २५ वडा मध्ये १७ ओटा वडामा अधिवेशन सम्पन्न भएपनि ८ वटा वडामा भने विविद्य कारणले अधिवेशन हुन सकेको छैन ।

त्यसैले जनकपुरधाम उपमहानगर भित्र आज अधिवेशन हुन नसक्ने जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!