अहिलेका


धनुषामा एक यूवकद्वारा आत्महत्याको प्रहरी भनाइ

जनकपुरधाम, ३० कात्तिक ।
धनुषाका एक युवकले ससुरालीमा कुटपीट गरेको भन्दै एक सुसाइड नोट लेखेर आत्महत्या गरेको धनुषा प्रहरीले जनाएका छन् ।
मिथिला नगरपालिका वडा नम्बर २ का २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति मिथिला नगरपालिका वडा नम्बर ५ स्थित श्रीपुरमा ससुराली घरमा सुसाइड नोट लेखेर पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएका हुन् ।

झुण्डिएको अवस्थामा रामचन्द्र महतो फेला परेकाले उनलाई उपचारका लागि अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीषक जितेन्द्र बस्नेतले जानकारी दिए ।
सुसाइड नोटमा ससुरालीमाथि आरोप लगाउँदै उनले आफुलाई ससुरालीका सबै परिवारजन मिलेर सोमबार निर्घात कुटपिट गरेकोले मेरो मृत्यु भए त्यसको सम्पूर्ण जिम्मेबार ससुरालीका सबै सदस्य हुने लेखेका छन् ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!