अहिलेका


धनुषामा एक शव फेला

जनकपुरधाम, २५ असोज ।

धनुषामा एक पुरुषको शव फेला परेको छ ।

पाँच दिनदेखि हराइरहेका कमला नगरपालिका वडा नम्बर ३ बस्ने ५५ वर्षीय नागेश्वर साह गाउँकै नहर नजिकको कल्भर्टमा मृत फेला परेको हो ।

गत बिहीबार साँझदेखि हराइरहेका साह आइतबार साँझ मृत फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
गएको बिहीबार श्रीमतीसँगै लगमा बजार गएका थिए । त्यहाँ उनले आयोजना भएको आर्केस्ट्रा हेरेर फर्किने बताएपछि साहकी पत्नी सुनितामात्रै घर फर्किएकी थिइन् । तर उनी सोही दिन देखि हराएका थिए ।

स्थानीयहरुका अनुसार साह मदिरा सेवनकर्ता थिए । उनी मदिरा पिएर घरतर्फ आइरहेको बेला कल्भर्टमा लडेको र सोही क्रममा उनको मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक मैनालीले बताए ।

घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!