जनकपुरधाम, ६ कार्तिक ।
धनुषामा झण्डै चार सय वडा मध्ये एक सय ७० वटा वडामा अधिवेशन नेकपा एमालेले सम्पन्न गरेको छ ।
बाकी रहेका वडामा अझै पनि वडा अधिवेशन जारी नै रहेको नेकपा एमाले धनुषाका नेता रोशन कर्णले जानकारी दिए ।
धनुषाको जनकपुरधाम, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका, मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनौजी गाउँपालिकालगायत १८ वटै स्थानीय तहमा वडामा अहिलेपनि वडा अधिवेशन जारी नै छ ।
जनकपुरधामको २५ वटा वडा मध्ये २२ वटा वडामा अधिवेशन सम्पन्न भईसकेको एमाले जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष श्याम पूर्वेले बताए ।
धनुषाको प्रायः वडामा वडा अधिवेशन जनकपुरधाम उपमहानगरको केहि वडामा, विभिन्न ग्रामिण भेग र नगरपालिकामा समेत साँझमा पनि भईरहेको भन्दै एमाले धनुषाका जिल्ला अध्यक्ष राजकिशोर यादवले विहानसम्ममा धनुषा जिल्लामा वडा अधिवेशन सम्पन्न भईसक्ने बताए ।
उनले अहिलेसम्म वडा अधिवेशन सम्पन्न भएका अधिकांश वडामा सर्वसम्मतरुपमै वडा कार्य समितिहरु गठन गरिएको बताए ।
एमालेबाट विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि एमाले सक्रियतापूर्वक निर्वाचन केन्द्रित भएर संगठन निर्माणमा जोडतोडले लागिपरेका छन् ।
