अहिलेका


धनुषामा जनप्रतिनिधिका छोरा पक्राउ

जनकपुरधाम, १२ असोज ।
धनुषामा एक जनप्रतिनिधिका छोरा गोलीसहित पक्राउ पपरेका छन् ।

धनुषाको कमला नगरपालिकाका एक वडाअध्यक्षका छोरा गोलीसहित पक्राउ परेका हुन् ।

कमला नगरपालिका वडा- ८ का वडाअध्यक्ष राजेश्वर मरिक (यादव) का छोरा वर्ष ३२ का सरोजकुमार मरिक गोलीसहित पक्राउ परेका छन् ।

उनी धनुषाको सहिदनगर नगरपालिका वडा- ३ स्थित यदुकूहाबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ ।


उनका साथबाट गोली बरामद भएको धनुषा प्रहरीले जनाएको छ । हतियार प्राप्ति र सम्भावित अनुचित एवम् अवैध प्रयोगका बारेमा अनुसन्धान भइरहेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!