अहिलेका


धनुषामा दुर्घटना हुँदा १२ घाइते

जनकपुरधाम, २४ कात्तिक ।
धनुषामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

बुधबार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका वडा नम्बर ६ स्थित मालटोल स्थित बस अनियन्त्रित भएर २० फिट तल खस्दा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
पश्चिम दाङबाट विराटनगर तर्फ जाँदै गरेको बस ना ६ ख ७१०२ नम्बरको बस आफै अनियन्त्रित भएर सडकको दाहिनेपट्टी खस्दा बसमा आगलगी भएको इप्रका ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए ।
बसमा सवार यात्रुमध्ये १२ जना घाइते भएका छन् । घाइते हुनेमा सुनसरीको धरान नगरपालिका वडा नं. १६ का ४२ वर्षीया मुना सुवेदी, इटहरी नगरपालिका वडा नं. ४ की ३७ वर्षीया रेखा डाँगी, रुकुमको त्रिवेणी नगरपालिका वडा नं. ९ का ६० वर्षीय डाडाबिर डाङी, २८ वर्षीय कृष्ण बहादुर ओली, दाङको मुसुरे गाउँपालिका वडा नं. ३ का २४ वषीय शिव कुमार चौधरी, सल्याणको बनगाङ कपिण्डे नगरपालिका वडा नं. ८ का २३ वर्षीय टिका डिसी रहेका छन् ।
त्यस्तै झापाको मेची नगरपालिका वडा नं. १ का २८ वर्षीय कल्याण आचार्य, सिरहाको कर्जन्हा नगरपालिका वडा नं. २ की ४१ वर्षीया शान्ति कार्की, मोरङको रङगेली नगरपालिका वडा नं. ८ की ३६ वर्षीया संजिता आचार्य, ३१ वषीया बालिका डिसी र प्युठानको माणडवी गाउँपालिका वडा नं. २ का २४ वर्षीय केशव घर्ती मगर रहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।
घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!