अहिलेका


धनुषामा बालिका बलात्कार आरोपमा ७५ वर्षीय साधु पक्राउ

जनकपुरधाम, ३ मंसिर ।
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ३ इच्छापुरस्थित एक मन्दिरमा खेल्न गएकी ३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक साधुलाई पक्राउ गरेको छ ।

प्रहरीले सो मन्दिरमा तीनचार दिनदेखि बस्दै आएका धनुषाको धनुषाधाम नगरपालिका–६ घर भएका ७५ वर्षीय साधु शिवजी रामलाई बालिकालाई बलात्कार आरोपमा पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार शुक्रबार बिहान मन्दिरमा खेल्न गएकी तीन वर्षीया बालिकासँग जबर्जस्ती गरेको आरोपमा साधु शिवजीलाई पक्राउ गरिएको छ ।

७५ वर्षीय रामले बालिकालाई मन्दिर प्राङ्गणको कुनामा लगेर जबर्जस्ती गरेको भन्दै पीडित परिवारले शुक्रबार इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!