जनकपुरधाम, २३ कात्तिक ।
धनुषामा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
सबैला नगरपालिका वडा नम्बर ३ मा ३० वर्षिया श्रीमती अजमेरी खातुन घरमा पासो लगाएर झुण्डिएको अवस्थामा प्रहरीलाई फेला परेपछि उनको हत्या आशंकामा ३५ वर्षिय श्रीमान लालबाबु साफीलाई प्रहरीले पक्राउ गरेको हो ।
अजमेरी खातुनको हत्या गरेको आरोप माइत पक्षले लगाएका छन् । करिव १३ वर्ष अघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा र दाईजोलाई लिएर साफी र उनका बहिनी नुरजहा खातुन, दाइ मञ्जुर साफीले मानसिक तनाव दिँदै आएको मृतककी बुबा मोहम्मद आलमको आरोप छ ।
यता इलका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले घटनामा भएलगतै मृतकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताए ।
