जनकपुरधाम, ८ कार्तिक ।
धनुषा र सर्लाहीका प्रहरी उपरिक्षक (एसपी) फेरिएका छन् ।
प्रहरी महानिरीक्षक शैलेश थापाले दुईवटा जिल्लाका एसपीको काज सरुवा गर्ने निर्णयसंगै फेरिएका हुन् ।
सर्लाहीको इन्चार्जमा एसपी कृष्ण प्रसाईलाई पठाइएको छ ।
त्यहाँ कार्यरत सन्तोषसिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा बसन्त रजौरेलाई पठाइएको छ ।
धनुषामा कार्यरत प्रकाश रानाभाटलाई कार्य विभागमा सरुवा गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए । राठौर २०७७ भदौ ४ मा सर्लाहीमा गएका थिए ।
