अहिलेका


धानखेतमा युवकको शव

सिरहा, १५ कात्तिक ।

सिरहाको सुखीपुर नगरापालिका–४ दहीपौडीमा एक युवकको शव फेला परेको छ ।

सुखीपुर नगरपालिका वडा नं.४ मा दहीपौडीको नहरदेखि दक्षिण धानखेतछेउमा युबकको शव भेटिएको हो ।

सोमबार बिहान स्थानीय बासिन्दाहरूले शव देखेपछि सुखीपुर प्रहरीलाई खबर गरेका थिए ।

मृतक युबक सिरहा जिल्ला औरही गाँउपालिका वडा नं. ४ लबटोली बस्ने फुलेश्वर यादवका छोरा २५ वर्षीय सचिन यादव रहेको पहिचान गरिएको छ । मृतकका बुवा फुलेश्वरले भने छोरोलाई कसैले मारेर फालेको हुन सक्ने बताए ।

जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाबारे थप अनुसंधान भइरहेको जानकारी गराएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!