अहिलेका


नक्कली कागजात बनाएर जग्गा बेच्ने ३ जना प्रहरी नियन्त्रणमा

जनकपुरधाम, २२ असोज ।

भुमिसुधार तथा मालपोत कार्यालयको मिलोमतोमा जग्गाधनीकै जग्गा उनैलाई बेच्न लाग्दा रंगेहात पक्राउ परेका छन् ।

भुमिसुधार तथा मालपोत कार्यालय धनुषासंग मिलेर एक भारतीय नागरिकले नक्कली कागजात बनाएर जग्गा धनिसंगै जग्गा बेच्नै लाग्दा ३ जना पक्राउ परेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने जलाल अहमदको ३ कट्टा १ धूर जग्गा भुमिसुधार तथा मालपोत कार्यालय धनुषाको मिलोमतोमा बेच्ने क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बस्ने गंगा प्रसाद गामी, भारतको विहार प्रान्त स्थित मोतिहारी बलबंका बस्ने कल्यानेवर गौतम, भारतकै उत्तर प्रदेश स्थित सिद्धार्थ बडेनी बस्ने राजेन्द्र मौरयालाई प्रहरीले पक्राउ गरेका छन् ।

उनीहरु जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित जिरोमाइलमा रहेको सिताशरण होटेलको कोठा नम्बर १०१ र १०३ बाट पक्राउ परेका छन् ।

असोज १८ मा जग्गाधनी जलाल अहमदको जग्गाधनी प्रमाण, किर्ते नागरिकता लगायतको कागजातहरु किर्ते गरी भारत र नेपालका अपराधिक समूहका व्यक्तिहरुलाई जग्गा देखाउने कार्यहरु गरी सरकारी लिखित किर्ते गरी बैना बट्टा गर्ने क्रममा पक्राउ परेका हुन् ।

जग्गाधनी अहमदले आफू व्यवसायको सिलसिलामा भारतको कानपुरमा रहँदै आएको बताउँदै विजय दशमीमा घर आएको बेलामा मिलिभगतमा जग्गा बेच्नेहरु पक्राउ परेको थाहा भएको संचारकर्मीहरुलाई सुनाए ।

उनले भने– मेरो जग्गा विक्रि भईरहेको थाहा भएपछि ती भारतीय भूमाफियाको मोवाईल नम्बर उपलब्ध गराई म आफै ती जग्गाको रकम बढी दिने भनेपछि भारतीय जग्गा भूमिया सम्पर्कमा आएको र सम्पर्कमा आएसंगै प्रहरीलाई खबर गरेसंगै प्रहरीले पक्राउ गरेको हो ।

जग्गाधनीले प्रमाण देखाउँदै भने– ‘मेरो नागरिकतालाई किर्ते गरी मेरो फोटोको ठाउँमा भारतीय नागरिक राजेन्द्र मौरयाले आफनो फोटो टाँसेको छ यो मेरो नागरिक्ता हो नागरिकता हो ।’
उनले आफ्नो र किर्ते गरेको नागरिकता समेत पत्रकार सम्मेलनमा देखाएका छन् ।
उनले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्खास्त समेत दिएको बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!