अहिलेका


नगराइनमा एक पुरुषको शव फेला

जनकपुरधाम, ३१ असोज ।


धनुषाको नगराइनमा एक पुरुषको शव फेला परेको छ ।

धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा आइतबार विहान पहिचान खुल्न नसकेको एक पुरुषको शव घाटी काटिएको अवस्थामा फेला परेको हो ।

धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा अन्दाजी ४० वर्षीय पुरुषको शव झाडीमा फेला परेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए अनुसार अहिले घटनास्थलमा कुकुरसहितको टोलीले अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!