अहिलेका


निजी अस्पतालमा चिकित्सकको लापरबाही, एक नवजात शिशुको मृत्यु

जनकपुरधाम, १४ असोज ।

जनकपुरधाम स्थित तराई राजधानी अस्पतालमा एक नवजात शिशुको जन्म भएको तीन नवित्दै मृत्यु भएको छ । चिकित्सकको लापरबाहीका कारण शिशुको मृत्यु भएको पीडित परिवारको आरोप छ ।

सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्बर ६ का अजयकुमार साहकी पत्नी सरिता साहलाई प्रसव पीडा हुँदा परिवारजनले उनलाई उपचारका लागि तराई राजधानी अस्पतालमा ल्याएका थिए । अस्पतालमा पुग्दा भिडियो एक्सरे गराउन भनिएको र एक्सरे गराएपछि अस्पतालका डा. भगवान सहनीले पानीको मात्रा कम रहेको भन्दै उनलाई तत्कालै भर्ना गर्न दबाब दिएको साहले बताए ।

शिशु जन्मिएपछि दुई दिनदेखि गम्भिर अवस्थामा रहेको र उसलाई एनआइसियूमा राखेर उपचार भइरहेको अस्पतालका बालरोग चिकित्सक डा. गंगाप्रसाद यादवले आफूहरुलाई भन्दै आएको अजयले बताए । उनले भने– तर बुधबार बिहान साढे ११ बजे शिशुको मृत्यु भयो भन्दै अस्पतालले हामीलाई जानकारी दियो ।

अस्पतालका कर्मचारीले बिहान साढे १० बजे नै शिशुको मृत्यु भइसकेको भनिरहेको अवस्थामा साढे ११ बजेतिर रेफरको पुर्जी थमाउनु आफैँमा शंकास्पद रहेको पीडित परिवारको भनाई छ ।

डाक्टरले नवजात शिशुको अवस्थामा सुधार आइसकेकाले रेफर गर्नु पर्दैन भन्दै प्रश्न गरेपछि अजयले भने– अचानक बुधबार शिशुको मृत्यु भइसकेको जानकारी गराउँदा हामी आश्चर्यमा परेका छौँ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!