अहिलेका


निधि, महतो र जुलीबीचको प्रतिस्पर्धामा चौथोको इन्ट्री

धनुषा ३ बाट चुनाव लड्ने जितेन्द्र को हुन् ?

जनकपुरधाम, २९ असोज ।
प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतका प्रमुख स्वकीय सचिव एवम् जनता समाजवादी पार्टी(जसपा) नेपालका युवा नेता जितेन्द्र यादव आगामी संसदीय चुनावमा धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बिहीबार राति स्थानीय सञ्चारमाध्यमहरूलाई देशकै सबैभन्दा ठूलो चुनावी प्रतिस्पर्धा हुने क्षेत्रबाट आफूले चुनाव लड्न तयारी गरिरहेको जानकारी दिए ।

‘चुनावको तयारीका लागि जनतामाझ जान्छु, पार्टीका नेताकार्यकर्ताहरूसँग संवाद गर्छु । पार्टीमा नयाँ मानिस जोड्छु,’ उनले शुक्रबार बिहान प्रशोधक डटकमसँग भने ।
धनुषा पूर्वी भेगमा थातथलो भएका यादव जीवनका अधिकांश उर्वर समय विराटनगरमा बिताएका छन् । जितेन्द्रले इन्जिनियरिंग पढेका हुन् ।

दसैं मान्न विराटनगर पुगेका यादवले त्यहीँ धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने निधो गरेका हुन् । मधेस आन्दोलन र अन्य जनविद्रोहमा विराटनगर तथा काठमाडौंमा रहेर संलग्न भएका यादव पार्टी अध्यक्ष उपेन्द्र यादवका अत्यन्त निकट र विश्वासिला कार्यकर्ता हुन् ।

अध्यक्ष उपेन्द्रले प्रदेश २ मुख्यमन्त्रीका कामकाजको रेखदेख तथा निगरानी गर्न मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव(सहसचिव स्तर) बनाएर जनकपुरधाम पठाएको चर्चा हुने गरेको छ । जितेन्द्र अध्यक्ष उपेन्द्र स्वास्थ्यमन्त्री हुँदा मन्त्रीको स्वकीय सचिवालयमा समेत काम गरेका थिए ।

धनुषा ३ बाट अहिले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधिसभा सदस्य छन् । गत संसदीय चुनावमा मधेस आन्दोलनको रापताप र सामान्य रणनीतिक त्रुटिका कारण काँग्रेस उपसभापति विमलेन्द्र निधि महतोसँग पराजित भएका थिए । यो क्षेत्र नेकपा एमालेकी नेता तथा पूर्वमन्त्री जुली महतोको निर्वाचनक्षेत्र पनि हो ।

दसैं मान्न विराटनगर पुगेका यादवले त्यहीँ धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने निधो गरेका हुन् । मधेस आन्दोलन र अन्य जनविद्रोहमा विराटनगर तथा काठमाडौंमा रहेर संलग्न भएका यादव पार्टी अध्यक्ष उपेन्द्र यादवका अत्यन्त निकट र विश्वासिला कार्यकर्ता हुन् । 

नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुवीर महासेठकी धर्मपत्नी एवम् उद्योगपति उपेन्द्र महतोकी कान्छी बहिनी जुली दोस्रो संविधानसभा निर्वाचनमा निधिसँग एघार सयको मतान्तरले पराजित भएकी थिइन् ।

जितेन्द्र यादव, नेता, जसपा नेपाल

यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका यादवले भने,‘फुटबल खेलमा अर्जेन्टिना र ब्राजिलबीचको प्रतिस्पर्धा चर्चामा रहे पनि कहिलेकाहीँ विश्वकप अरू देशले नै उचाल्छ । त्यस्तै म निधि, महतो र जुलीबीचको प्रतिस्पर्धामा विजय हुन्छु भन्ने विश्वास लिएको छु ।’

उनले धनुषा ३ मा अहिले पनि आफ्नो पाँच हजार मत रहेको र चुनावी प्रतिस्सपर्धामा मत बाँडिँदा तथा बढ्दा पन्ध्र हजार पुग्ने र त्यस आधारमा चुनामा जित हासिल गर्ने विश्लेषण सुनाए ।

केन्द्रमा अहिले काँग्रेस नेतृत्वमा गठबन्धन सरकार छ । यो चुनावी सरकार पनि हो । गठबन्धनका दलहरू मिलेरै चुनावमा जाने सम्भावना बलियो बनेको छ । यस्तोमा तपाईंले टिकट पाउने स्थिति रहन्छ भन्ने प्रश्नमा जितेन्द्रले भने,‘चुनावी तालमेल हुन्छ भनेर संगठन नबनाउने कुरा त हुँदैन नि । तालमेल नभए पार्टीले चाहिँ मलाई नै टिकट दिने विश्वास छ ।’


One thought on “निधि, महतो र जुलीबीचको प्रतिस्पर्धामा चौथोको इन्ट्री

  1. सपने देखना न गैरकानुनी है और ना हि नेपाल सरकार कोइ टेक्स लेता है।सो बडे आरामसे स्वपन देख सकते है।

Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!
%d bloggers like this: