अहिलेका


‘निर्भिक’ सुजीत प्रदेश २ का उद्योग, पर्यटन तथा वन मन्त्रालयका प्रवक्ता नियुक्त

जनकपुरधाम, ३ मंसिर ।
नेपाल सरकारका मुख्यसचिव हुँदा मधेसविरोधी धारणा अभिव्यक्त गरेपछि लीलामणि पौड्याललाई सीधा, स्पष्ट र तार्किक प्रत्युत्तर दिएर चर्चामा आएका सरकारी अधिकारी सुजीतकुमार झा प्रदेश २ को उद्योग, पर्यटन तथा वन मन्त्रालयका प्रवक्ता नियुक्त भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिकाका सुजीत प्रदेश निजामती सेवाको नेपाल वन सेवाअन्तर्गत अधिकृतस्तर आठौंका सहायक वन अधिकृत हुन् ।

कोभिडकालको पहिलो चरणमा उनी दोलखा जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख थिए । कार्यालय प्रमुखका रूपमा उनले वागमती प्रदेश सरकारको राजस्ववृद्धि, बजार अनुगमन र उपभोक्ता हित संरक्षणका क्षेत्रमा अनुकरणीय काम गरेका थिए ।

उनको अहोरात्र मिहिनेत र व्यवस्थित तथा प्रभावकारी योजनाका कारण दोलखामा कोभिडकालमा उपभोग्य सामग्रीको अभाव भएन ।

प्रवक्ता नियुक्त भएपछि झाले मन्त्रालयका गतिविधिका बारेमा उत्तरदायित्वपूर्ण र पारदर्शी ढंगले सूचना प्रवाह गरी सुशासन प्रवद्र्धनमा आफूले जोड दिने बताए ।

गत २०७७ फागुन १० गते समायोजन भएर प्रदेश २ मा पदस्थापित भएर प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयमा जलवायु परिवर्तन तथा जलविायु वित्त शाखा र वन्यजन्तु संरक्षण शाखाको जिम्मेवारी पाएका उनले पर्यटन प्रवद्र्धनसम्बन्धी वाद्यवादन सामग्री वितरण, मेलामहोत्सव सहयोग कार्यक्रम, सडक नाटक, मैथिली गीति एल्बम जयसियाराम उत्पादनमा संयोजनकारी भूमिका निर्वाह गरेका छन् ।

२०७८ भदौबाट वातावरण शाखासमेतको जिम्मेवारी पाएपछि उनले वातावरणीय अध्ययन प्रतिवेदन बिनाझन्झट प्रस्तावक तथा परामर्शदाताका रोहबरमा वातावरणविज्ञसँगको छलफल र सुझावबमोजिम पारित गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

इमान्दार, निर्भिक र निष्ठावान् कर्मचारीको छवि बनाएका सुजीत वातावरण विज्ञान र समाजशास्त्रमा स्नातकोत्तर छन् ।

उनी मन्त्रालयका प्रवक्तामा नियुक्त भएपछि मन्त्रालयका महत्वपूर्ण जानकारी सहज र नियमित तरिकाले प्रवाह हुने विश्वास स्थानीय सञ्चारकर्मीहरुले व्यक्त गरेका छन् ।

प्रवक्ता नियुक्त भएपछि झाले मन्त्रालयका गतिविधिका बारेमा उत्तरदायित्वपूर्ण र पारदर्शी ढंगले सूचना प्रवाह गरी सुशासन प्रवद्र्धनमा आफूले जोड दिने बताए ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!