८ पुस,
निर्माण व्यवसायी संघ गोरखाको अध्यक्षमा सूर्य भण्डारी निर्वाचित भएका छन् । संघको दशौ अधिवेशन अन्तरगत बुधवार भएको निर्वाचचनमा प्रत्यासी उम्मेदवार होमबहादुर बानियाँलाई ३६ मतले पछि पार्दै भण्डारी विजयी भएका हुन् ।भण्डारीले १३४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । उनका प्रत्यासी उम्मेदवार बानियाँले भने ९८ मत प्राप्त गरेका छन् । अध्यक्ष पदका लागि दुवैले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए ।माओवादी केन्द्र निकट भण्डारीलाई एमाले र जनता समाजवादी पार्टीको समर्थन थियो भने कांग्रेस निकट बानियाँलाई राप्रपाको समर्थन थियो ।सदस्यहरुमा भोलाप्रसाद मरहट्टा, राजुबाबु लामिछाने, किरणबाबु श्रेष्ठ, सविन बस्नेत, देवराज गुरुङ, सुरेन्द्र बस्नेत, दिनेश तमू, विनोद खनाल, दलमान गुरुङ, ताराबहादुर खड्का र दीपक थापा निर्वाचित भएका छन् । ११ सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको थियो ।
