अहिलेका


निशुल्क स्वास्थ्य शिविरबाट ग्रामीणवासी लाभान्वित

जनकपुरधाम, १९ असोज ।

ग्रामीण भेगमा भएको स्वास्थ्य शिविरबाट गाउँवासीहरु लाभान्वित भएका छन् ।
जानकी मेडिकल शिक्षण अस्पतालले औरही गाउँपालिकास्थित वडा नम्बर २ परवाहामा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट ४ सयभन्दा बढी स्थानीय लाभान्वित भएका हुन् ।

धनुषाको औरही गाउँपालिका वडा नम्बर २को वडा कार्यालयमा आयोजना गरिएको निःशुल्क परवाहाका ४ सय ३५ जना स्थानीयलाई स्वास्थ्य उपचार सेवा दिइएको छ ।
वडा नम्बर २ का वडा अध्यक्षको उपस्थितिमा स्थानीयलाई जानकी मेडिकल शिक्षण अस्पतालका चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

सो स्वास्थ्य शिविरमा गाइनो, सर्जरी, बालरोग, हाडजोर्नी, नाक कान तथा घाँटी लगायतका बिरामीहरुलाई उपचार सेवा प्रदान गरिएको थियो ।
निःशुल्क रुपमा आयोजना गरिएको सो शिविरमा स्वास्थ्य उपचार सेवाका साथै उपलब्ध औषधीहरु समेत दिइएको थियोे ।
शिविरमा गाइनो विशेषज्ञ चिकित्सक अञ्जु मण्डल, हाडजोर्नी विशेषज्ञ राकेश कुमार यादव, नाक कान घाँटीरोग विशेषज्ञ संतोष साह, सर्जन चन्दन चौधरी, बालरोग विशेषज्ञ दीपक दास लगायतका चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

४ सय ३५ जना मध्ये सबैभन्दा बढी १ सय २५ जना हाडजोर्नीका बिरामीले उपचार सेवा लिएको जानकी मेडिकल शिक्षण अस्पतालका फिल्ड कोर्डिनेटर सुरेश कुमार यादवले जानकारी दिए ।
त्यस्तै नाक कान घाँटी सम्बन्धि ७४ जना, मेडिसिन सम्बन्धि १ सय, बालरोग सम्बन्धि ५०, सर्जरी सम्बन्धि ५० र चर्मरोग सम्बनिध ३५ जनाले उपचार सेवा पाएको उनले बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!