अहिलेका


नेता उमेश साहद्वारा जसपा परित्यागको घोषणा

जनकपुरधाम, २३ असोज ।

सत्तारुढ जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य उमेश साहले स्वतन्त्र रहेको भन्दै पार्टी परित्यागको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता उमेश साहले जसपा परित्यागको घोषणासंगै गरेका हुन् ।

जसपा नेपालमा सरकारमा जान नपाएका संघीय सांसदहरुले केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको कडा आलोचना गरिरहदाँ नेता उमेश साहले शुक्रबार साँझ तर्फ परित्याग गरेको जनाएका छन् ।
उनले आज देखि आफु स्वतन्त्र रहेको समेत बताएका छन् ।

जसपामा उनी डा.बाबुराम भट्टराई निकटका मानिन्छन् ।

नेता साहले सामाजिक सञ्जालमा लेखेका छन्– आज देखि जसपा परित्याग हाल स्वतन्त्र रहने घोषणा !


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!