जनकपुरधाम, १२ कार्तिक ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई जिम्मेवारी दिएका छन्।
शुक्रबार बेलायत जानुअघि सभापति देउवाले उपसभापति निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले उपसभापति निधिलाई कार्यवाहक सभापति तोकेका हुन्।
प्रधानमन्त्रीसमेत रहेका देउवा कात्तिक १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ।
