जनकपुरधाम, ३१ असोज ।
जनता समाजवादी पार्टीका नेता एवं संघीय सांसद प्रदीप यादवले पार्टीलाई आगामी दिनमा विगतझैँ एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वीरगंजमा आयोजित शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी भित्र र बाहिर अनेक भ्रमको खेतीपाती भए पनि आफू पार्टी भित्रै संघर्ष गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजाने उद्घोष गरेका हुन् ।
उनले पार्टी भित्रै संघर्ष गरी नेतृत्व पङ्क्तिलाई सघाउने प्रतिबद्धता जनाएका छन् ।‘२०६४ सालदेखि यो पार्टीलाई पर्सामा खडा गरेको छु,यो पार्टी मेरो लागि घर हो,नेता कार्यकर्ता इँटा,सिमेन्ट र छठ जस्तै जस्तै सब सँग मिलेर निर्माण गरेका हुँ,,’उनले भने,‘केही राजनीतिक दलका नेताहरूले भनिरहेका छन्, प्रदीप यो पार्टीमा गइरहेको छ,त्यो पार्टीमा गइरहेको छ,तर त्यो सबै भ्रम छर्ने काम मात्र हो ।’
उनले कार्यक्रममा आयोजना भएकोमा जिल्लाकै पार्टी भित्रका केही नेताले नेता कार्यकर्तालाई कार्यक्रममा नआउन फोन समेत गरेको र रातभरि एउटा गुटले जाग्राम नै बसेर कार्यक्रम प्रभावित गर्ने षडयन्त्र गरेको तर उनीहरूको षडयन्त्र विफल भएको पनि औँल्याए ।
उनले पार्टी अध्यक्षको बारेमा बोल्ने अन्य नेताहरूलाई मुखमै जवाफ फर्काउने गरेको तर आफ्नै पार्टीमा ४ वर्ष पहिले आएका नेताहरूले मौनता साँध्नु दुखको कुरा भएको पनि कार्यकर्ताहरूलाई जानकारी गराएका थिए ।
पार्टीका केही गुटका नेताहरूलाई गरिरहेको षडयन्त्रबाट पार्टीका नेतालाई सचेत रहन आग्रह समेत गरे ।
