अहिलेका


नेपाल र भारतबीच छिट्टै उच्च तहको भ्रमण हुने

काठमाण्डौ, ३ कार्तिक ।

पाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले छिट्टै नेपाल र भारतबीच उच्चस्तरीय राजनीतिक भ्रमण हुने बताएका छन् । भारतसँगको सम्बन्धलाई अझ सुमधुर बनाउन सरकारी स्तरबाट पहल भइरहेका उनले बताए ।

उनले भने, ‘अहिले रेल्वे वार्ता भएको छ । सीमा सुरक्षा छलफल सुरु भएको छ । विषयगत र विभागीय छलफलहरुले स्वरुप लिएपछि उच्च तहको वार्ता हुनेछ ।’ डा.महतले भारतीय जनता पार्टीको विदेश विभागका प्रमुखको मैत्रीपूर्ण निमन्त्रणमा आफ्नो नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल र भारतको सम्बन्ध सुमधुर बनाउने कार्य गरेको बताए ।

उनले नेकपा एमालेको नेतृत्वमा रहेको पूर्ववर्ती सरकारले भारतसँग देखिएका समस्यालाई सडकमा पसार्ने गरेको तर आवश्यक ठाँउमा चूँ पनि नबोलेको बताउँदै काँग्रेसले वार्ताको माध्यमबाट समाधान खोज्ने नीति लिएको पनि दावी गरे ।

उनले भने, ‘द्धिपक्षीय हितका विषयमा कुरा उठाउने, राष्ट्रिय स्वार्थ र आवश्यकताका विषय पहिचान गर्ने छलफल गरेर निष्कर्षमा पु-याउने काम परराष्ट्र मन्त्रालय र सरकारको हो । तर जिम्मेवार राजनीतिक दलका जिम्मेवार पदाधिकारीहरुको भेटवार्तामा राष्ट्रिय चासो र चिन्ताका कुरा उठ्नु स्वभाविकै हो । यसबाट अलग हुन सकिदैन ।’

उनले पूर्ववर्ती सरकारले संविधान उल्लंघन गर्दै अधिनायकवादी शैलीमा राज्य संचालन गर्न खोजेपछि संविधान र लोकतन्त्रको संरक्षण गर्नका लागि काँग्रेसको नेतृत्वमा सरकार बनेको बताए । यसप्रति भारत चिढिनुपर्ने कुनै कारण नदेखेको बरु सद्भाव नै रहेको उनको भाइ छ । नेपाल र भारतबीच देखिएको सीमा विवाद (लिपुलेक कालापानी र लिम्पियाधुरा)को विषयमा बूँदागत रुपमा उठाएको महतले बताए ।

उनले भने,’सीमासम्बन्धी विषय रातारात समाधान हुने कुरा होइन । तर छलफलमा नबसी यसको समाधान पनि निस्कँदैन । छलफलबाट साझा निष्कर्ष निस्कन्छ । छलफल अगाडि बढाउनुपर्छ ।’ यस्तै तुइन प्रकरणको सम्बन्धमा आफूले भारतीय विदेश मन्त्री र भाजपाका नेताहरुसँग खुलस्त कुरा राखेको महतले बताए ।

उनले भने, ‘हेर्दा सानो लागे पनि यो विषय नेपाली नागरिकहरुको भावनासँग जोडिएको छ । माथिको निर्देशन होइन तलबाटै जान अन्जानमा भएको गल्तीले यस्तो भएको हुनसक्छ । हामीले आफ्नो तर्फबाट जाँच गरिसक्यौं । तपाईँहरुले पनि गर्नुप-यो भनेपछि उहाँहरुले गम्भीरतापूर्वक हेर्ने बचन दिनुभएको छ ।’

उनले खोपको विषयमा पनि खुलस्त कुरा राखेको बताए १० लाख डोज खोपको लागि नेपाल सरकारले पहिल्यै पैसा दिइसकेकोले सो खोप तत्काल आपूर्ति गर्न र आवश्यक पर्दा थप खोप दिने बन्दोबस्त गर्न गरिएको आग्रहको प्रसंग सुनाउँदै उनले प्राविधिक कारणले त्यसबेला बैना भएको खोप दिन नसकिएको र अब विगतमा रोकिएको खोप पनि दिने तथा थप आवश्यक खोप दिने व्यवस्था गरिने आश्वासन पाएको बताए ।

सहमहामन्त्री महतले भारतीय जनता पार्टीले समान विचार राख्ने दलहरुसँग सम्बन्ध विस्तार गर्न चाहेको र लोकतान्त्रिक शासनपद्धतिप्रति प्रतिबद्ध दुवै देशका सत्तारुढ दलबीचको सम्बन्धले दुई देशको सम्बन्ध न्यानो राख्न सघाउने बताए।

यस पहिले आफ्नो निमन्त्रणमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेको स्मरण गराउँदै महतले चीनको कम्युनिष्ट पार्टीले नेपाल राजनीतिक दलहरुसंग भ्रमण आदानप्रदानको सम्बन्ध कायम राख्दै आएको भएपनि भारतले पहिलो पटक थालनी गरेको बताए ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटघाट हिन्दु राज्य हुने नहुने विषयसँग यसको सरोकार नभएको महतले बताए । उनले मुख्यमन्त्री योगी आदित्यनाथले नेपालप्रति आत्मिय भाव राखेको थिए । उनले नेपालको पार्टी सञ्चालन र राज्य सञ्चालन सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले नै गर्दैआएको उल्लेख गरे

उनले भने​, ‘हामी हिन्दु र गैर हिन्दु जे छौ नेपालभित्र नै छौ । पार्टीको चुनाव नेपाली काँग्रेसका कार्यकर्ताको सरोकार र सहभागिताको बिषय हो । आम चुनाव पनि नेपाली जनताको मताधिकार र स्वविवेकको विषय हो ।’


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!