अहिलेका


नेपाल संवत देशको मौेलिक संवत हो : प्रधानमन्त्री देउवा

भक्तपुर, १९ कात्तिक ।

प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा मानिने विविध धर्म एवम् संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउँदै नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन् ।

नेपाल संवत् ११४२ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज भक्तपुरको मध्यपुरथिमि शङ्खधर चोकमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।

समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन साख्वाःको योगदानको कदर गर्दै राष्ट्रको गौरववृद्धि गर्न साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिएको प्रधानमन्त्री देउवाले बताए ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्थामा पुर्याएको उनले स्मरण गरे ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल संवत् एप र नेपाल संवत्को पात्रो समेत सार्वजनिक गरेका छन् ।

कार्यक्रममा शङ्खधर सिरपा समितिका अध्यक्ष आरके मानन्धरले शङ्खधर प्रतिष्ठानका लागि प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठलाई शङ्खधर साख्वाःको दुई किलोको चाँदीको प्रतिमा हस्तान्तरण गरेका छन् । सो प्रतिमा शङ्खधरचोकमा रहेको सङ्ग्रहालयमा राखिनेछ ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत, सांसद् महेश बस्नेत, वागमती प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठललगायतले शङ्खधर साख्वाःले देशमा पुर्याएको योगदानको चर्चा गरे ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!