जनकपुरधाम, १८ कात्तिक ।
पर्सामा विष्फोटक पदार्थ सहित तीन जना पक्राउ परेको छन् ।
मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ का ३४ वर्षीय बुद्ध लोप्चन, ३२ वर्षीय राजकुमार लोप्चन र २५ वर्षीय बुद्ध लोप्चनलाई पर्सा प्रहरीले पक्राउ गरेका हुन् ।
सिमा प्रहरी चौकी छतवा बाराबाट गएराति खटेको प्रहरी टोलीले फेटा गाउँपालिका वडा नम्बर ३ बाट उनीहरुलाई पटाका सहित पक्राउ गरेको थियो ।
भारतबाट आइरहेको ना ३८ प ७९५३ र ना १६ प ६२२९ नम्बरको मोटरसाइकलाई रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट कार्टुनमा राखी लुकाएर ल्याएको पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
उनीहरुको साथबाट किङ कोबरा ११ बण्डल र ईलेक्ट्रिक स्पार्कर्स ५० प्याकेट बरामद भएको उनले बताए ।
बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसूरमा पहिलो पटक ५ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
