अहिलेका


पत्रकार राजेश कर्ण सम्मानित

जनकपुरधाम, २० कात्तिक ।
चित्रगुप्त सेवा समिति जनकपुरधामले नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेशकुमार कर्णलाई एघार हजार राशि र प्रशस्तिपत्रले सम्मानित गरेको छ ।

पत्रकारिता क्षेत्रमा उनले गरेको योगदानबाट कायस्थ कुलको गौरववृद्धि र जनहित पोषण भएको भन्दै समितिले श्यामकला अक्षयकोषबाट पत्रकार कर्णलाई सम्मानित गरेको हो ।

समितिद्वारा आज देवीचोकमा चित्रगुप्त पूजनोत्सवका अवसरमा आयोजित कवि गोष्ठीमा मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्त र समितिका अध्यक्ष नागेन्द्रलाल कर्णले पत्रकार कर्णलाई प्रशस्तिपत्रले दिएका छन् ।

प्रशस्तिपत्र ग्रहण गरेलगत्तै पत्रकार कर्णले सम्मान राशि श्यामकला अक्षयकोष वृद्धिका लागि फर्काउने घोषणा गरे ।

यसैगरी सोही अवसरमा जितेन्द्र लाल दास अक्षयकोषबाट तीनजनालाई पाँच–पाँच हजार नगदसहित प्रशस्तिपत्र दिएर पुरस्कृत गरिएको छ ।

कविगोष्ठीमा रोशन जनकपुरी, रामभरत साह, विभास लाभलगायतका कविहरूले कविता वाचन गरेका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!