अहिलेका


परम्परागत पेसा जोगौउदै डुम समुदाय छठ पर्वका सामग्री बिक्रीमा व्यस्त

जनकपुरधाम, २२ कात्तिक ।

नाङ्लो अनाज केलाउन प्रयोग गरिने बाँस वा चोयाबाट बनेको भाँडो हो । कहिलेकाहीं पूजा सामग्री वा चोखोनितोका सामग्री पनि नाङ्लोमै राखिन्छ । तराई मधेसमा नाङ्लो बुन्ने सीप डुम समुदायमा हुन्छ ।

मिथिलाञ्चलमा छठको पूर्व सन्ध्यामा बासबाट बनेका सामाग्रीहरु जोहो गर्न अहिले भ्याइ नभ्याइ छ ।
छठ पर्वमा डुम समुदाय नाङ्लो, डालो, पनपतिया लगायतका बाँसका सामाग्री बनाउनेदेखि बजारसम्म पुर्याउन व्यस्त छन् । छठ पर्वमा नाङ्लो, छिटी, डालो, पनपतियालगायतका भाँडामा अर्घको प्रसाद राख्ने परम्परा छ । चोयाबाट बुनेका यस्ता भाँडामा फूलप्रसाद राख्दा सु सज्जित समेत देखिन्छ ।

डुम समुदायको नाङ्लो लगायतका सामग्री बनाउने सीप जति सुन्दर छ, त्यति नै उनिहरुको जीवन कष्टपूर्ण छ ।
उनीहरु जातीय छुवाछुतको पीडाबाट अझै पनि मुक्त हुन सकेका छैनन् । जनकपुर उपमहानगरपालिका १६ का वडा अध्यक्ष रामअशिष पजियारले पुरानो पुस्ताका व्यक्तिहरुले मात्रै छुवाछुत मान्ने गरेको भएपनि नयाँ पुस्तामा छुवाछुतको भावना नरहेको बताए । जातीय छुवाछुत समाजिक कलंकको रुपमा रहेको छ । यसलाई हटाउनका लागि सबै पक्ष तत्पर हुनु पर्न्र उनको भनाइ छ ।
मुलुकमा आएको आमुल परिवर्तनसँगै देश विकासको पथमा अग्रसर भइरहेको अवस्थामा अहिलेपनि हामीमाथी छुवाछूत हुनु, हेयको दृष्टिले हेरिनु दुःखको विषय रहेको रेवत मलिक बताउँछन् ।
छठ पर्वको पुर्व सन्ध्यामा निर्मला देवी मलिक पनि अहिले बाँसको कलात्मक सामाग्री बनाएर बिक्रि बितरण गर्न व्यस्त छिन् ।
अपरान्ह फेरी सोही सामाग्री बिक्रीका लागि बजारसम्म पुग्छिन् । तर मेहनत गरेर बनाएको ती सामाग्रीहरु बिक्री नहुँदा उनी चिन्तित समेत हुने गर्छिन् ।
अहिले एउटा बाँसको मूल्य २ सय ५० रुपैयाँ देखि ३ सय रुपैयाँसम्म पर्छ, निर्मलाले भनिन् ‘एउटा बाँस किनेर ४ वटासम्म नाङ्गलो बनाउँछौँ, फेरी त्यो नाङ्गलो बिक्री हुन्छ वा हुँदैन भन्ने चिन्ता हुन्छ नै ।’ उनी यो पटक ४ वटा बाँसको सामाग्री बनाएकी हुन्, जबकि केही वर्ष अगाडीसम्म २०्२० वटासम्म बाँसको भाँडो बनाएर बेच्थिन् ।
उनका अनुसार पहिले ५ हजारको लगानी लगाएर २० हजार रुपैयाँसम्म आय गर्न सक्थिन् तर यस पटक भने २ हजार आय हुने सम्भावना कमै छ ।
अहिले डुम समुदाय बाहेक अन्य समुदाय पनि बासका सामग्रीहरु निर्माण र बिक्रि बितरण कार्यमा लागेपछि डुम समुदायको पेसा पनि जोखिममा परेको छ ।
तथापि डुम समुदायले आफ्ना परम्परागत पेसालाई अपनाएर बासका सामग्रीहरु विभिन्न पर्वमा झै छठ पर्वमा समेत बनाउने र बिक्री गर्नमा लाग्दै आएका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!