अहिलेका


पाँच दलीय गठबन्धन निर्वाचनसम्म : मन्त्री खतिवडा

जनकपुरधाम, २३ असोज ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अहिलेको पाँच दलको गठबन्धनलाई निर्वाचनसम्म कायम रहने बताएका छन् ।

श्निबार पोखरामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कास्कीले विजयादशमी, दीपावली लगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री खतिवडाले संविधानको रक्षा गर्ने सर्तमा अहिलेको सत्तापक्षको गठबन्धन आगामी निर्वाचनसम्म रहने बताएका हुन् ।

एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका मन्त्री खतिवडाले नेकपा (एमाले) र एमाले अध्यक्ष केपी शर्मा ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी गठन गरिएको दावी गरे ।

स्वास्थ्यमन्त्री खतिवडाले गण्डकी प्रदेशमा संघीय सरकार मातहतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मात्र रहेकाले सो अस्पतालको सेवा थप प्रभावकारी बनाउन सबैसँग छलफल गरेर सुझावका आधारमा आफूले काम गर्ने पनि बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!