अहिलेका


पार्टी महाधिवेशन मेरो हातमा छैन : सभापति देउवा

भक्तपुर, १९ कात्तिक ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् । कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने पछिल्लो कार्यक्रम छ । यसअघि पटकपटक महाधिवेशको मिति परिवर्तित हुँदै आएको छ ।

प्रधानमन्त्री देउवाले भक्तपुरमा आयोजित एक कार्यक्रममा पार्टीको महाधिवेशन आफ्नो हातमा नभएको भन्दै निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने विश्वास व्यक्त गरे ।

भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा धारणा राख्दै प्रधानमन्त्री शेरबहादुर देउवा

जित र हारले पार्टीभित्र दुश्मनी बढाउनु नहुने धारणा राख्दै काँग्रेस सभापति देउवाले पार्टी महाधिवेशन स्वस्थ रूपमा हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले महाधिवेशनमा सके सर्वसम्मत नभए स्वस्थ प्रतिस्पर्धाबाट सभापति निर्वाचित गराउन पार्टीका नेताकार्यकर्तालाई आह्वान गरे ।

सभापति देउवाले पार्टीका नेताकार्यकर्तालाई महाधिवेशन तयारीमा लाग्न निर्देशनसमेत दिएका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!