जनकपुरधाम, २७ कात्तिक ।
शाहीकालीन उपप्रधान तथा गृहमन्त्री बद्रीप्रसाद मण्डल नेपाल सद्भावना पार्टी(नेसपा) मा प्रवेश गर्दैछन् ।
रामकुमार महतो नेतृत्वको सो पार्टीको अबको केही बेरपछि जनकपुरधामको पगलाबाबा धर्मशालामा हुने केन्द्रीय समितिको विस्तारित बैठकमा मण्डलले पार्टी प्रवेश गर्ने भएका हुन् ।
पार्टी नेता राजेशकुमार चौधरीका अनुसार आज पूर्व उपप्रधानमन्त्रीले पार्टीमा प्रवेशमात्र गर्ने र त्यसपछि उनको भूमिका र दायित्व निर्धारण हुने बताए ।
स्रोतका अनुसार सक्रिय राजनीतिमा आएर गृहजिल्ला मोरंगबाट चुनाव लड्ने इच्छा व्यक्त गरेका मण्डललाई पार्टीमा शक्तिशाली र निर्णायक भूमिका दिइनेछ ।
