मिर्चेया(सिरहा), १४ कात्तिक ।
जनता समाजवादी पार्टी(जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई सिरहाको मिर्चेया आएका छन् ।
जसपा नेपालको नगर कार्यसमिति मिर्चेया र रामनगर मिर्चेया उद्योग वाणिज्य संघ मिर्चेयाको संयुक्त आयोजना ‘अर्थनीति ः विगत, वर्तमान र भविष्य’ विषयक अन्तक्र्रियामा सहभागी हुन डा.भट्टराई मिर्चेया आएको पार्टीका युवा नेता दिपेश यादवले बताए ।

डा.भट्टराई स्थानीय बुद्धिजीवी र व्यापारीहरूसँग अन्तक्र्रिया गर्नेछन् ।
