अहिलेका


पूर्व प्रदेश प्रमुख झाको सुझावलाई बेवास्ता गर्दै दुई विधेयक सर्वसम्मतबाट पारीत

जनकपुरधाम, २२ असोज ।

तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा (अहिराज)ले सझाव सहित संशोधनका लागि फिर्ता गरेका दुवै विधेयक विना संशोधन सातौं अधिवेशनको तेस्रो बैठकबाट पारीत भएको छ ।

प्रदेश पदक र स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक शुक्रबार बसेका बिना छलफल पारीत गरिएको हो ।

तात्कालिन प्रदेश प्रमुख झाले संशोधनका लागि सुझाव सहित पठाएको कुराको आवश्यकता नभएको ठहर गर्दै सत्तारुढ दल र प्रतिपक्ष दलले कुनै अवरोध वा विरोध नगरी सर्वसम्मतले पारित गरेका छन् ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रस्तुत गरेको प्रदेश पदक विधेयकमा सबै कुरा समेटिएको र यसअघि नै सर्वसम्मतिले पारित भइसकेको कारण छलफलमा समय खेर नफाल्ने ठहर गर्दै सांसदहरुले सर्वसम्मत पारित सहमति जनाएका थिए ।

त्यसैगरी सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रस्ताव गरेको स्वास्थ्य सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि सर्वसहमतिले पारीत भएको छ ।

पूर्व प्रदेश प्रमुख झाले पहिलोपटक गत फागुन २६ ति दुवै विधेयक सुझाबसहित फिर्ता पठाएका थिए । पूर्व प्रदेश प्रमुख झाको सुझाबलाई बेवास्ता गर्दै पुनः प्रमाणिकरणका लागि पठाएपछि पुनः गत असार ३१ मा फिर्ता पठाएका थिए ।

पूर्व प्रदेश प्रमुख झाले विधेयक सच्याउन सुझाव सहित निर्देशन दिँदै स्वास्थ्य सम्बन्धी १३ बुँदे र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ११ बुँदे सुझाब दिई फिर्ता पठाएका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!