अहिलेका


पूर्व सचिव भीम उपाध्यायले गलत टिप्पणी गरेको भन्दै कारवाही गर्न माँग

जनकपुरधाम, २८ मंसिर ।

धर्म र सांस्कृतिक माथि नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले गलत टिप्पणी गरेको भन्दै कारवाही गर्न नेपाल वैश्य युवा संघले माँग गरेका छन् ।

मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्व सचिव उपाध्यायले हिन्दु धर्म, सांस्कृतिक र लैंगिकतामाथि लाञ्छाना लगाएको भन्दै कडा कारवाहीका लागि नेपाल वैश्यस यूवा संघका प्रदेश २ का प्रदेश अध्यक्ष राजु कुमार साहले माँग गरेका हुन् ।

सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा विवाहपञ्चमीको अन्तर्गत गंगासागर तलाउमा भएको मटकोर कार्यक्रममा पूर्व मन्त्री समेत रहेका एमाले नेतृ जुलीकुमारी महतोले सांस्कृतिक परम्परा अनुसार रुपैयाँ निछावर गरेकी थिइन् । नेकपा एमालेकी पोलिटव्यूरो सदस्य महतोको सो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । सोही भिडियो पूर्व सचिव उपाध्यायले सामाजिक सञ्जालमा राख्दै ‘बार डान्सर’को संज्ञा दिएको थियो ।

पूर्व सचिव उपाध्यायले नेतृ महतोमाथि टिप्पणी गर्दै सामाजिक सञ्जालमा ‘बार डान्सर गायकलाई टिप्स स्वरुप नोटको विट्टा खोल्दै उडाउँदै बाँड्दै’ लेखेका थिए । पूर्व सचिव उपाध्यायले गरेको टिप्पणी प्रति घोर भत्र्सना समेत उनले गरे । उनले पूर्व सचिव उपाध्यायलाई कडा कारवाही नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।

संघका अध्यक्ष साहले राम जानकी विवाह महोत्सवको बेलामा पूर्व सचिव उपाध्यायले सामाजिक सञ्जालमा यस्तो लेखेको घृणित शब्द लेखेर यहाँका लिंग, समुदाय, धर्म, सँस्कृति र क्षेत्रको भावनामाथि आघात पार्ने गरी मानमर्दन गरेकोमा आपत्ति जनाए ।

अध्यक्ष साहले उपाध्यायमाथि अदालत जाने प्रक्रियामा समेत रहेको भन्दै त्यसका लागि विभिन्न निकायसँग सल्लाह सुझाव लिने काम भइरहेको बताए ।

नेतृ महतो सहित महिलामाथि नै गलत मानसिकताका साथ टिप्पणी गरेकाले पूर्व सचिवमाथि कडा कारवाहीको माँग गर्दै प्रदेश २ सरकारका मुख्यमन्त्री, संघीय सरकारका पर्यटनमन्त्रीलगायतका निकाय समक्ष ध्यानाकर्षण सहित ज्ञापन पत्र समेत बुझाएको बताए ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!